एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

शुक्रबार, ७ बैशाख, २०८१
डिजिटल संस्करण

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए।

नेपाल समूह ‘ए’ को बिजेता रूपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो। नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो। 

त्यसैगरी, युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटले पराजित भएको थियो। आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।

सुझावित समाचार