चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे छ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।
आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेकाे छ। यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
तस्बिरहरू :
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)
.jpg'_'.2024-04-08.jpg)