प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहज रूपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। 

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन्। 

सुझावित समाचार