एआइजीद्वय ज्ञवाली र बज्राचार्य सरुवा

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सरुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको हो।

ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा तथा  बज्राचार्य केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा भएका छन्।

बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णयसमेत गरेको छ।

सुझावित समाचार