- कौसीखेतीमा आजभोलि मानिसको आकर्षण बढिरहेको छ । कौसीखेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ ।
- गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । बजारमा बिरुवा रोप्नका लागि ‘ग्रो ब्याग’ पनि पाइन्छ । बिरुवा कतिसम्म झाँगिन्छ वा ठूलो हुन्छ, त्यहीअनुरूप बिरुवा रोप्ने भाँडा प्रयोग गर्नुपर्छ ।
- कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्नुपर्छ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौँला, धनियाँ, मेथी, चना, पालुङ, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ ।
- तापक्रम मेन्टेन गर्नका लागि कौसीमा स्ट्यान्ड राख्ने र त्यसमाथि टनेल बनाउन सकिन्छ । बजारमा ‘वाटरपु्रफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । घरबाट निस्किने कुहिने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । तर, चिल्लो, अमिलो, माछा–मासु हाल्नुहुँदैन ।
कौसीमा अर्गानिक खेती
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
३ हप्ता अघि
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
२ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
२ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …