- ल्यापटपमा लगातार काम गर्दा स्क्रिनमा धुलो जम्मा भइरहेको हुन्छ । धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ । कतिपय मानिस स्क्रिन सफा गर्न डराउँछन्, किनकि यसो गर्दा ल्यापटप बिग्रन सक्ने भय उनीहरूलाई हुन्छ । तर, घरमै केही सामग्रीको सहयोगले स्क्रिनलाई सफा गर्न सकिन्छ ।
- स्क्रिन सफा गर्नुअघि ल्यापटप बन्द गर्नुस् र ब्याट्री निकाल्नुस् । त्यसपछि माइक्रो फाइबर कपडाले सफा गर्न थाल्नुस् । माइक्रोफाइबर कपडा निकै नरम हुन्छ । टिसर्ट वा अन्य कुनै कपडाले पुछ्दा स्क्रिन स्क्र्याच हुन सक्छ । कागज, टावेल वा टिस्यु पेपरले पनि स्क्रिन सफा गर्नुहुँदैन ।
- नयाँ स्पोन्जले पनि स्क्रिन सफा गर्न सकिन्छ । स्पोन्जलाई हल्का भिजाउनुस् र सफा गर्नुस् । स्पोन्ज र माइक्रो फाइबर कपडा नभएको अवस्थामा नरम डस्टर ब्रसले पनि सफा गर्न सकिन्छ ।
- तर, स्क्रिनमा कहिल्यै सीधै लिक्विड छर्कन हुँदैन । अमोनिया बेस्ट लिक्विड प्रयोग गर्दा प्लास्टिकको स्क्रिन चाँडै बिग्रन सक्छ । ल्यापटपलाई महिनामा कम्तीमा दुईपटक सफा गर्नु राम्रो हुन्छ ।
ल्यापटपमा धुलो जमेमा के गर्ने ?
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
२ हप्ता अघि
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
१ हप्ता अघि
बढे रुघाखोकी र ज्वरोका बिरामी
२ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …