बगैँचामा समय बिताउँदा...

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

- बगैँचामा समय बिताउँदा मानिसले तनाव कम महसुस गर्छन् । दैनिक तनाव, व्यस्तता र चिन्ताबाट केही समयका लागि भए पनि छुटकारा पाइन्छ । 

- बिरुवा रोप्ने, गोड्ने, काँटछाँट गर्ने, पानी हाल्नेलगायत कामले शारीरिक अभ्यास गराउँछ । तौल नियन्त्रण गर्न सहयोग पुग्छ । 
- बिहानको कलिलो घामबाट प्राप्त हुने भिटामिन डी हड्डी मजबुत बनाउन र रोगप्रतिरोधी क्षमता बढाउन महŒवपूर्ण हुन्छ । तसर्थ, बगैँचामा बिहानको समय बिताउनु राम्रो हुन्छ ।

- खुला स्पेसमा स्वच्छ हावा लिन पाउँदा आनन्ददायी महसुस हुन्छ ।

- बिरुवाहरूको गोडमेल गरेर बगैँचालाई चिटिक्क राख्नु आफैँमा सिर्जनात्मक काम हो । प्रकृतिसँग समय बिताउँदा बेग्लै ऊर्जा प्राप्त हुन्छ । 

See More On

सुझावित समाचार