भारतबाट फर्कने क्रममा एक तीर्थयात्रीको मृत्यु

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए। करिब सयजनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएका थिए। 

भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका–१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए। उनी हिजो खाना खाएर सुतेका र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थिए र उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। 

उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

See More On

सुझावित समाचार