पहिलो ओभरमै नेदरल्यान्ड्सको दुई विकेट गयाे

बलर करण केसीले लिए दुई विकेट

शनिबार, १९ फागुन, २०८०
डिजिटल संस्करण
पहिलो ओभरमै नेदरल्यान्ड्सको दुई विकेट गयाे

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै दुई किवेट लिएको छ । पहिलो ओभर लिएर आएका बलर करण केसीले दुबै विकेट लिएका हुन् ।करणले चार बल खेलेका ओपचर मिचेल लेभिटलाई चार रन र दुई बल खेलेका सेब्रान्ड इन्गेलब्रेचलाई शुन्यमा पेभिलयन फर्काएका हुन् । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गरिरहेकाे छ । फाइनल प्रवेश सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको हारले नेपालको सम्भावना सकिनेछ ।

सुझावित समाचार