नेदरल्यान्ड्सले गुमायो तेस्रो विकेट, दीपेन्द्रको थ्रोमा आसिफले उठाए विकेट

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण
नेदरल्यान्ड्सले गुमायो तेस्रो विकेट, दीपेन्द्रको थ्रोमा आसिफले उठाए विकेट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

टी–२० आई त्रिकोणीय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले तेस्रो विकेट गुमाएको छ । 

दीपेन्द्रसिंह ऐरीको थ्रोमा विकेटकिपर आसिफ शेखले एक्रोब्याटिक फिल्डिङको नमुना प्रस्तुत गर्दै नेदरल्यान्ड्सका ब्याटर स्कट एडवार्डसलाई रनआउट गराए । 

आक्रामक ब्याटिङ गरेका एडवार्डसले १६ बलमा पाँच चौकाको मद्दतमा ३३ रन बनाइसकेका थिए । उनी दोस्रो रन लिने क्रममा रनआउट भएका हुन् । सोही ओभरमा दुई बल अघि पनि दुई रन लिने क्रममा उनी मुस्किलले जोगिएका थिए । 

बाउन्ड्री लाइनबाट सन्दीप जोराले गरेको थ्रोमा डाइरेक्ट हिट  हुनबाट जोगिएका थिए । 

सुझावित समाचार