मंगोलियामा ४९ वर्षपछिकै भारी हिमपात, अत्यधिक चिसोले ६ लाख पशुचौपायाको मृत्यु

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

मंगोलियामा ४९ वर्षपछि भारी हिमपात भएको छ। यो हिमपात जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको  मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ। 

यो हिमपातलाई औसत हिमपात ९.६ मिलिमिटर मापन गरिएको मौसम अनुगमन निकायले जनाएको छ। मंगोलियाका लगभग सबै प्रान्तमा बारम्बार भारी हिमपात भइरहेको छ। बाक्लो हिमपातका कारण यो हिउँदमा चरम चिसोको अनुभव गरिएको छ। 

देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म  मंगोलियामा अत्यधिक चिसो मौसमका कारण हुने मृत्यु हुने पशुको संख्या ६ लाख ६७ हजार आठ सय ४१ पुगेको छ। 
मंगोलिया संसारको नोमाडिक देशहरूमध्ये एक हो। यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायु छ। 

सुझावित समाचार