काठमाडौंस्थित आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्र समावेश छन्।
मुन्दुम हजारौँ वर्षदेखि पुस्तान्तरण हुँदै आएको किराँतीहरूमा प्रचलित मौखिक ज्ञान हो। मुन्दुमलाई किराँती धामीहरूको मन्त्र पनि मानिन्छ।
प्रदर्शनीमा खोटाङका धार्मिक तथा पर्यटकीय स्थलहरू हलेसी, जन्तेढुंगा, भुलभुले दूधकुण्डलगायतका ठाउँको चित्र राखिएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको प्रदर्शनी फागुन १७ गतेसम्म चल्नेछ।
तस्बिरहरू :
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)
.jpg'_'.2024-02-20.jpg)