प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति रुख कटान गर्दा भ्रष्टाचार गरेको  दाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

कपिलवस्तुको क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी  प्रदेश सभामा निर्वाचित यादवलाई पनि प्रतिवादी बनाइएको छ। 

उनी गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन्। १९ लाख १२ हजार एक सय ९३ रुपैयाँबराबरको काठ वास्तविक रूपमा काटेकोभन्दा कम परिमाण देखाई हिनामिना गरेको अख्तियारको दाबी छ। 

आयोगले जिल्ला वन कार्यालय, कपिलवस्तुका जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १६ कर्मचारी र दुई फर्निचर सञ्चालकलाई पनि प्रतिवादी बनाएको छ।

आयोगले तत्कालीन डिभिजनल वन अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले,  सहायक वन अधिकृत  ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसादलाई पनि प्रतिवादी बनाएको छ।

त्यस्तै, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सन्जय थारु, वन रक्षक सञ्जय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वन रक्षक बासुदेव गोडियाविरुद्ध पनि मुद्दा दायर गरेको छ।

गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका संचालक एकनाथ घिमिरेर  एआर काठ दाउरा खरिद बिक्री सेन्टरकी प्रोपाइटर गिता जिसीलाई पनि प्रतिवादी बनाएको छ। 
 

सुझावित समाचार