नेपालले पहिलो पावर प्लेमा चार विकेट गुमायो

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण
नेपालले पहिलो पावर प्लेमा चार विकेट गुमायो

तस्बिर : दीपेन्द्र ढुंगाना /नयाँ पत्रिका

आइसिसी विश्वकप लिग– २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुस्त गतिमा ब्याटिङ गरेको छ । नामिबियाका फास्टबलरले पहिलो १० ओभरमा उत्कृष्ट बलिङ गरेका कारण नेपाली ब्याट्सम्यान दबाबमा देखिएका छन् । इनिङ्सको पहिलो बलमै विकेट गुमाएको नेपालले १० ओभरको खेल समाप्तिसम्म चार विकेटको नोक्सानीमा २५ रन जोडेको छ । 

टियू क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार साहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका साह प्लेइङ ११ मा परेका छन् ।

२०२७ सम्म चल्ने लिग– २ मा नेपालसहित आठ टोलीको सहभागिता छ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

सुझावित समाचार