१२औँ बाक्सिला गोल्डकप फुटबल प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेर्पा स्पोर्टस् क्लब नेर्पा र बाहुनीडाँडा फुटबल क्लबबीच खेल हुनेछ । मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि १९ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२औँ संस्करण पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिए । सेमिफाइनलिस्टले जनही ६० हजार प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररले समान सात हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट डिफेन्डर र मिडफिल्डरले जनही पाँच हजार पाउनेछन् । उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट गोलरक्षकले जनही पाँच हजार रुपैयाँ जित्नेछन् ।
प्रतियोगिता नकआउट आधारमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा पराजित हुने टोलीले सेवासुविधाबापत ३० हजार र दोस्रो खेलबाट बाहिरिनेले ६० हजार पाउने क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए । आयोजकले जिल्लामा व्यावसायिक रूपमा फुटबल खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी गरेको छ ।
यसपटक जिल्लाबाहिरका खेलाडी राख्न चाहने टोलीले बढीमा चारजना खेलाडी भिœयाउन पाउनेछन् । ०६१ मा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ ।