हेमन्त धामीलाई डेब्यु खेलमा डेब्यु विकेट, क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण
हेमन्त धामीलाई डेब्यु खेलमा डेब्यु विकेट, क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

क्यानडाविरुद्धको खेलमा डेब्यू विकेट लिएपछि युवा बलर हेमन्त धामी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा अहिले नेपाल र क्यानडा भिडिरहेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । 

सिरिजको अन्तिम खेलमा मौका पाएका तीव्रगतिका युवा बलर हेमन्त धामीले डेब्यु खेलमै डेब्यु विकेट लिएका छन् । उनले आफ्नो पहिलो स्पेलको दोस्रो ओभरमा क्यानडाका आरोन जोनसनलाई व्यक्तिगत चार रनको अवस्थामा देव खनालको हातबाट क्याच गराए । 

२.४ ओभरमा सात रनको अवस्थामा क्यानडाले पहिलो विकेट गुमाएको हो । तीन एकदिवसीय म्याचको शृंखला भने नेपालले २–१ ले जितिसकेको छ । 

सुझावित समाचार