रोकिराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किँदा २० यात्रु घाइते

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

चितवनमा रोकेर राखेको ट्रेलर ट्रकमा यात्रुबाहक बस ठोक्किँदा २० जना घाइते भएका छन्। शुक्रबार राति ११: ५५ बजेको समयमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख २००४ नं. को बस सोही दिशातर्फ बाटो छेउमा पार्किङ गरेर रोकिराखेको प्र.२०३–००१ ख ७३१२ न.को ट्रली ट्रकको पछाडि ठोक्किँदा बसमा सवार २० जना घाइते भएका हुन्।

घाइतेहरूको भरतपुरको नयकका मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस, ट्रेलर र ट्रेलरचालक रौतहटकाे माधव नारायण नगरपालिका – ३ बस्ने वर्ष ३१ का रामनारायण यादव प्रहरीको नियन्त्रणमा छन् भने  बसचालक फरार छन्।  

के कसरी दुर्घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार