गठबन्धन सरकारकै कारण देशको अवस्था जर्जर भयो : अध्यक्ष ओली

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमालेले सुरु गरेका विकासका आयोजना गठबन्धन सरकारले पूरा गर्न नसकेको बताएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताए। अहिलेको देशको जर्जर अवस्थाको कारण गठबन्धन सरकार नै भएको भन्दै उनले यो सरकारले देश चलाउन नसक्ने जिकिर गरे।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोपसमेत लगाए।

१५ सालमा रौतहट एमालेको लालकिल्ला रहेको भन्दै उनले रौतहटलाई पुनः एमालेकै लालकिल्लाको रूपमा फर्काउने गरी लागिपर्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिए।

आफ्नो बनिबनाउको घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीको जिकिर थियो।

सुझावित समाचार