कलंकी नापीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो। 

चौलागाईंबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएका हुन्। 

सुझावित समाचार