नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिमा संयोजक तोकेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले विषयगत समितिका संयोजक तोकेको हो।
कांग्रेसले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको संयोजकमा नारायण खड्का तथा उद्योग, वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हित समितिमा रमा कोइराला पौडेललाई तोकेको छ।
यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू संयोजक छन्।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको संयोजकमा क्रमशः दिनेशकुमार यादव, लीलादेवी बोखिम र श्यामकुमार घिमिरे संयोजक तोकिएका छन्।


