व्यवसायी चौधरीमाथि किर्ते मुद्दामा अनुसन्धान हुने

बिहिबार, १८ माघ, २०८०
डिजिटल संस्करण
व्यवसायी चौधरीमाथि किर्ते मुद्दामा अनुसन्धान हुने

तस्बिर : संजित परियार/नयाँ पत्रिका

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि किर्ते मुद्दामा प्रहरीले अनुसन्धान गर्ने भएको छ।

किर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सिआइबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

चौधरीसहित बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापालाई सिआइबीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई किर्ते मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए।

सुझावित समाचार