आरबिबी मर्चेन्ट बैंकिङ नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले हालसम्म एक लाख ८० हजार हितग्राही खाता खोली सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले जानकारी दिए ।
कम्पनीको प्रगति विवरण सार्वजनिक गर्दै उनले १५ वटा कम्पनीको सेयर–ऋणपत्र रजिस्ट्रारको कार्य गरिरहेको, लगानी व्यवस्थापनको सेवा दिइरहेको, नेपाल सरकारको लगानी रहेका सूचीकृत संस्थाहरूको सेयर अभौतिकीकरण गरी नेपाल सरकार अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको बताए ।