साताको मंगलबार नेप्से सूचक १४.८८ अंकले बढेर दुई हजार एक सय १९.६१ विन्दुमा आइपुगेको छ।
नेप्से सूचक बढेसँगै कारोबार रकममा पनि उत्साह थपिएको छ। धितोपत्र र ऋण गरी कारोबारमा आएका तीन सय आठ कम्पनीको एक करोड ५१ लाख रुपैयाँको सेयर किनबेच हुँदा पाँच अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिन्स्योरेन्स कम्पनी छ।
कम्पनीको ७५ करोड करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, दोस्रो कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर कम्पनीकाे २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।
बढेको बजारमा तीनवटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा चन्द्रागिरि हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रवा इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् ।त्यस्तै, सिनर्जी पावर कम्पनी, सिँगटी हाइड्रो इनर्जीको ८.२३ देखि ८.२७ प्रतिशतले बढेको छ।
बढेको बजारमा मिडसोलु हाइड्रो पावर, गुराँस लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया ब्यालेन्स फन्ड, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.४० प्रतिशतदेखि ८.३५ प्रतिशतले बढेको छ।