समुदायमा कांग्रेस अभियानका प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्लाका फरक–फरक समुदायको बीचमा पुगेर संवाद गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन्। उनीहरू सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन्।
काे कहाँ जाँदै ?
कोशी प्रदेश
१) डा. शेखर कोइराला - झापा र सुनसरी
२) डा. नारायण खड्का - संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर केसी - मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर
मधेश प्रदेश र बागमती प्रदेशका चार जिल्ला
१) प्रकाशमान सिंह - मधेश प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा l बागमतीको सिन्धुली र मकवानपुर
२) महालक्ष्मी उपाध्याय ‘डिना’ - बारा, पर्सा, रौतहट र सर्लाही/बागमतीको धादिङ र चितवन
बागमती प्रदेश
१) डा. मीनेन्द्र रिजाल - काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२) पुष्पा भुसाल - ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
गण्डकी प्रदेश
१) महेन्द्र यादव - तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल - कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि - रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा. डिला संग्रौला - कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी
कर्णाली प्रदेश
१) डा. शशांक कोइराला - दैलेख, सल्यान र सुर्खेत
सुदूरपश्चिम प्रदेश
१) भीष्मराज आङ्देम्बे - कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर