बसको ठक्करबाट रौतहटमा एकजनाको मृत्यु

शनिबार, १३ माघ, २०८०
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान ४ बजेको समयमा ठक्कर दिँदा चन्द्रपुर– ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै ज्यान गएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यका अनुसार बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्मअगाडि बसले ठक्कर दिएको थियो।

अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ। ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका– ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार