दाङमा चिसो बढेपछि विद्यालय बन्द

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

दाङमा चिसो बढेपछि लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार आज (मंगलबार)देखि १२ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पुर्याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो। नगर कार्यपालिकाबाट निर्णय गरेर नै बन्द गरिएको हो। पालिकाभित्रका निजी र सामुदायिक सबै विद्यालय मंगलबारदेखि बन्द भएका हुन्।  

See More On

सुझावित समाचार