बागमतीले गण्डकीलाई दियाे १९९ रनको लक्ष्य

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो।

बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए। त्यस्तै, विपिन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए। सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रित गौतमले १३ रन बनाए।   

त्यसैगरी, गण्डकीका लागि कमल परियारले चार विकेट लिए। यस्तै, विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले एक विकेट लिएका थिए।
 

सुझावित समाचार