आइसिसी यू-१९ मा नेपाललाई तेस्रो सफलता

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता हात लागेको छ। 

नेपालका दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेटकिपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन्। 

दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले ओपनर टम जोन्सलाई आउट दिलाए भने पहिलो सफलता स्पिनर सुवास भण्डारीले दिलाएका हुन्। 

११औँ ओभरमा पहिलो सफलता दिलाए। सुवासले ११ औँ ओभरको पहिलो बलमा ओपनर ल्युक वाटसनलाई १४ रनमा आउट गरे। ल्युकले २५ बलमा दुई चौका प्रहार गरेका थिए। 
टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १७ ओभरमा तीन विकेट गुमाउँदै ८० रन बनाएको छ। 

सुझावित समाचार