पूर्वी नवलपरासीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते भएकी छिन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ६ प्रसौयानिवासी अन्दाजी ८० वर्षीया महिला खिन्दुदेवी थापा गम्भीर घाइते भएकी हुन् ।
उनको शरीरको पछाडि कम्मरमुनिको भाग र बाँया हात जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक आगोले साडी जल्दा शरीर जलेको हो । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । डिएसपी पौडेलले प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।