एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा पुस २६ गते बिहीबार राष्ट्रिय सभागृहमा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा पूर्वघोषित कार्यक्रमबमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण सेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरीषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्।
एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाइएको व्यहोरासमेत सभामा जानकारी गराइएको थियो। साथै निर्वाचित सञ्चालकहरूसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।
बैंकको ०८० असारसम्ममा खुद नाफा रु. तीन अर्ब २२ करोड, निक्षेप रु. २१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ। बैंकले हाल देशभरि २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।