आइसिएफसी फाइनान्सको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

आइसिएफसी फाइनान्स लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। आइतबार आम्रपाली ब्यांक्वेट काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७९-८० को मुनाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। 

वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८०-८१ को लागि बाह्य लेखापरीक्षकमा एन. अमात्य एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ। सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टरार्ई आगामी चार वर्षको लागि निर्विरोध चयन भएका छन्।

चुक्ता पुँजी रु. एक अर्ब अठार करोड ३४ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा, एक एक्सटेन्सन काउन्टर र २१ वटा एटिएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिँदै आएको छ।

सुझावित समाचार