महालक्ष्मी विकास बैंकको २२औँ साधारणसभाले आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार बसेको बैठकले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार–लगानीकर्ताका रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एन्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।