म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आइसिई) बरामद गरेको छ। लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सिसिडिएसी)ले बिहीबार  सो घटनाबारे जानकारी गराएको हो।

अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुंगाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन्।

जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँचजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ।

पक्राउ परेका पाँच अपराधीसहित सातजनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताइएको छ।

सुझावित समाचार