मृगको मासुसहित एक पक्राउ

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

बर्दियामा मृगको मासुसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका– १ छेदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन् । कोरीको साथबाट मृगको बच्चाको तीन किलो दुई सय ग्राम टाउको, खुट्टा र मासु फेला परेको छ ।

जंगली जनावरको सिकार गरी ल्याउँदै गरेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो । 
उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए । 

See More On

सुझावित समाचार