बम्जनबाट बरामद पैसाकाे गड्डी [तस्बिरसहित]

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली र विदेशी मुद्रासहित तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको जनाएको छ। 

सिआइबीका अनुसार बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

मंगलबार सिआइबीले उनको घरमा छापा मारेको थियो । प्रहरीलाई देखेर उनी दुई तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए। 

सुझावित समाचार