नयाँ पत्रिकाकर्मी अधिकारी सम्मानित

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

नयाँ पत्रिकाका मकवानपुर संवाददाता पोष्टराज अधिकारी राक्सिराङ गाउँपालिकाबाट सोमबार सम्मानित भएका छन्। गाउँपालिकाको सोमबार भएको गाउँसभामा अधिकारीलाई नगदसहित सम्मान गरिएको हो।

अति सीमान्तकृत चेपाङ तथा विपन्न तामाङ समुदायको बाहुल्य रहेको यस गाउँपालिकाका दूरदराजका बस्तीहरूको सूचना, समाचार र जानकारी स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशन-प्रसारण गरी सूचना तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ र गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायतले नगद पाँच हजार रुपैयाँ र प्रशंसा–पत्रसहित अधिकारीलाई सम्मान गरे।

गाउँपालिकाले गाउँसभाको अवसरमा समाचार प्रकाशन-प्रसारणमार्फत योगदान गरेको भन्दै सञ्चारकर्मी सुनिता विष्टलाई पनि सम्मानित गरेको थियो। 

त्यस्तै, गाउँपालिकाले गाउँका कलाकार, खेलाडी, महिला उद्यमी, उत्कृष्ट सहकारी खेल समूह, उपभोक्ता समिति, प्राविधिक कर्मचारी, शिक्षक, विद्यार्थीलगायत दुई दर्जनभन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो।

सुझावित समाचार