‘सहकारीपीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस्’

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्। 

सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौँ निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घरकाे न घाटकाे भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने बताए।

बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यावहारिक रूप दिन आवश्यक रहेको बताए। 

सुझावित समाचार