प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

चन्द्रागिरि नगरपालिका– ३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका– ६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका– ३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७प ५९४६ नम्बरको स्कुटरचालक रामले प्रहरीमाथि हातपात गरेपश्चात् उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सो क्रममा ह्यान्डसेट एक थान क्षति भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

सुझावित समाचार