कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले जारी छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ।

१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ।

सहमतिअनुसार पार्टीबाट उम्मेदवार तय गर्न कांग्रेसले बैठक बोलाएको हो।

सुझावित समाचार