बुधबार २८ अंकले बढेको सेयर बजार आज फेरि ओरालाे लागेकाे छ। आज सेयर बजार परिसूचक नेप्से ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा ओर्लिएको छ।
आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको सेयर सामान्य अंकले बढे पनि अरू समूहको सेयर घटेको छ।
बजार घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। एक करोड ६० लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ५८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज समग्रमा बजार घटे पनि कालिका पावर कम्पनी, सिँगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सेयर साढे ६ प्रतिशतले घटेको छ।