प्रधानमन्त्रीद्वारा युथ टोलीको बिदाइ

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टोलीको एक कार्यक्रमबीच बिदाइ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले युथ ओलम्पिकमा सहभागी हुने खेलाडीलाई शुभकामना दिएका छन्।

यसअघि नेपाली टोलीलाई केल्मीले खेल पोसाकको प्रायोजन गरेको थियो । केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोसाक हस्तान्तरण गरेका छन् । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । नेपालले यू–१९ स्तरमा प्रतिस्पर्धा गर्नेछ।

यसपल्टको प्रतियोगिता १९ जनवरीदेखि १ फेब्रुअरीसम्म आयोजना हुनेछ । नेपालबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउनेछन् । दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेस गर्नेछन् । 

सुझावित समाचार