नेप्सेमा २८ अंककाे वृद्धि, चार अर्ब चार करोडको कारोबार

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

लगातार घटेको सेयर बजार आज झन्डै २८ अंकले बढेकाे छ। सेयर बजार परिसूचक नेप्से आज २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। त्यसमा पनि जलविद्युत्, होटेल तथा पर्यटन र लगानी समूहको सेयर उच्च अंकले बढेको छ।

आज सातवटा कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। आज एक करोड पाँच लाख कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

सुझावित समाचार