घरको सुन्दर सजावटका लागि फल्स सिलिङ

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

हिजोआज आधुनिक घरका भित्ता र भुइँजत्तिकै सिलिङ सजावटमा विशेष ध्यान दिन थालिएको छ । पहिले घरको झ्याल, ढोका, भर्याङ, भुइँ, भित्ताको सजावटमा ध्यान दिने गरिन्थ्यो । तर, पछिल्लो समय लाइट, सिलिङ फ्यान राखिने सिलिङमा अन्य थुप्रै कुरा प्रयोग गरेर आकर्षक बनाउने क्रम बढ्दो छ । 

सिलिङ प्रयोग गर्दा 

  • विशेषगरी घर बनाउँदा बीचमा बिम परेको हुन्छ । जसले गर्दा घरको 
  • भित्री डिजाइनलाई नराम्रो देखाउँछ । त्यसैले बिम छोप्न फल्स सिलिङ प्रयोग गर्ने गरिन्छ । 
  • भान्सा कोठा, बैठक कोठा, सुत्ने कोठालगायत सबै कोठाका सिलिङलाई फरक डिजाइनमा ढाल्न सकिन्छ । 
  • सिलिङमा रङ लगाउँदा भित्ताको रङ कस्तो छ भन्ने विषेश ध्यान दिनुपर्छ । कोठामा घाम छिर्दा सिलिङमा प्रकाश ठोकिन पुग्छ । तसर्थ, प्रकाशले कोठाको लुक्सलाई नै फरक देखाउने भएकाले पनि कृत्रिम प्रकाश र रङको संयोजनमा विशेष ध्यान दिनुपर्छ ।
  • सिलिङमा रङ लगाउँदा भित्ताको रङ कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ । कृत्रिम प्रकाश र रङ मिलाउँदा अझ राम्रो हुन्छ । सिलिङमा ह्वाइट वा ह्वाइट क्रिम कलर प्रयोग गर्न पनि सकिन्छ । 
  • फल्स सिलिङ रोजाइअनुसारका रङ र थिममा बनाउन पनि सकिन्छ । 

सुझावित समाचार