प्रो क्लब च्याम्पियनिसप टी–२० क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा वन्डर क्लब नोयडाले सशस्त्र प्रहरीलाई आठ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेर सशस्त्रले दिएको एक सय ४५ रनको लक्ष्य नोयडाले १६.२ खेल्दै दुई विकेटको क्षतिमा पूरा गरेको हो।
खेलमा नोयडाका खेलाडी सिद्धार्थ गोस्वामीले ३४ बलमा नटआउट ४३ रन बनाए। यस्तै, हर्षित सेठीले नटआउट ३५ बलमा ४५ रन योगदान गरे भने रितिक भट्टले २१ बलमा ४६ रन र अरोरा रितिकले आठ बलमा १२ रन बनाए।
सशस्त्रका बलर विपिन खत्रीले चार ओभरमा ३९ रन दिएर एक विकेट लिए । यस्तै, कमल खत्रीले पनि तीन ओभरमा ३० रन दिएर एक विकेट पाए।
प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सशस्त्र प्रहरी बलले वन्डर क्लब नोयडालाई एक सय ४५ रनको लक्ष्य दिएको छ।
नारायणी रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो। खेलमा सशस्त्रका खेलाडी आसिफ शेखले २२ बलमा १९ रन बनाए।
हरिशंकर साहले २५ बलमा २३ रन बनाए। प्रदीप ऐरीले २२ बलमा २४ रन हाने।अर्को खेलाडी सन्दीप जोराले १५ बलमा २० रनको योगदान गरे भने लोकेश बमले १५ बलमा १९ रन बनाए।
नोएडाका कप्तान अल्पित गुप्ताले दुई विकेट लिए । चार ओभरमा २० रन दिए।अर्को बलर हर्षित सेठीले तीन ओभरमा ३५ खर्चिएर एक विकेट लिए। सञ्जीव चतुर्वेदीले चार ओभरमा ३५ रन दिए। यस्तै दिवान्स रावतले तीन ओभरमा ६ रन दिँदै एक विकेट पाए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्। आजै दिउँसो १ बजे हुने अर्को खेलमा नेपाल आर्मी र युपी ११ ले प्रतिस्पर्धा गर्ने भएका छन्।