प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो दिनको दोस्रो खेलमा वन्डर क्लब नोयडाले पर्सा ११ लाई १०२ रनको लक्ष्य दिएको छ।
नारायणी रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको नोयडाले १९.५ ओभरमा अलआउट हुँदै एक सय १ रन बनाएको हो।
नोयडाका खेलाडी अल्पित गुप्ताले २६ बल खेल्दै १९ रन बनाए। अर्का खेलाडी हर्सित सेठीले १२ बलमा १८ रन बनाउँदा तरुण विष्टले २१ बलमा १५ रनको योगदान गरे।
पर्सा ११ का कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। उनले चार ओभरमा १४ रन खर्चिए। अर्का बलर सैफुल्लाह अन्सारीले चार ओभरमा २ विकेट लिँदै ११ रन दिए। यस्तै, पवन सर्राफले तीन ओभरमा २८ रन दिएर एक विकेट लिए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्।