काठमाडौं टेक्निकल स्कुलका सिइओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत भएका छन्।
घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि मनोनीत भएका छन्।
समितिको सदस्यहरूमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायणप्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नवप्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन्।
त्यसैगरी, समितिको सल्लाहकारहरूमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन्।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनीत सल्लाहकार, उपसभापति तथा सदस्यहरूलाई बुधबार महासंघको सचिवालयमा आयोजित कार्यक्रमबीच मनोनयनपत्र प्रदान गरेका छन्।