मार्गेरिटा पिज्जा घरमै बनाउने तरिका

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

सबैभन्दा पहिले डो बनाउनुपर्छ । यसका लागि गहुँको पिठो, पानी, चिनी र ओलिभ तेललाई मात्रा मिलाएर राम्ररी मुछ्नुपर्छ । ससाना डल्ला पारेर मुछ्न सकिन्छ । मुछेर एकदेखि डेढ घन्टासम्म हावा नर्छिने ठाउँमा राखेपछि डो तयार हुन्छ । यसपछि गोलभेँडाको सस बनाउन सकिन्छ । गोलभेँडालाई उसिनेर बाहिरको बेक्रा र बिउ निकाल्नुपर्छ । अनि काटेर लेदो पार्नुपर्छ । 

तातेको तेलमा अदुवा, प्याज, तेजपत्ता र सेलरी नामक हर्ब राखेर एकछिन चलाउने र त्यसमा मसिनो गरी काटेको गाँजर राख्न सकिन्छ । अन्तिममा उसिनेर काटेको गोलभेँडा राख्नुपर्छ । अनि, यसमा नुन र मरिच हाल्नुपर्छ । 

चाखेर हेर्नुस् । धेरै अमिलो लागेमा अलिकति चिनी मिसाउनुस् । धेरै गुलियो भएमा भिनेगर राख्न सकिन्छ । यसपछि ओरिगानोका पात राखेर चलाउनुस् ।

डोलाई बेलेर रोटी बनाउने, त्यसमाथि सस राख्ने र मात्रा मिलाएर त्यसमाथि मोजरेला चिज राख्नुपर्छ । आफ्नो इच्छाअनुसार चिकेन, च्याउ वा सागसब्जी राख्ने र ओभनमा राखेर पकाउने । पिज्जा तयार हुन्छ । 

See More On

सुझावित समाचार