एनसेलसँग जोडिएको व्यक्ति नै समितिमा रहनु शंकास्पद : सांसद पाण्डे

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
एनसेलसँग जोडिएको व्यक्ति नै समितिमा रहनु शंकास्पद : सांसद पाण्डे

फाइल तस्बिर

सांसद राजेन्द्र पाण्डेले उनले एनसेलसँग जोडिएको व्यक्ति समितिमा जोडिनु शंकाको विषय भएको बताएका छन्।

मंगलबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलको सेयर खरिद–बिक्रीबारे जवाफ दिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु सांसद पाण्डेले यस्तो बताएका हुन्।

उनले भने, ‘एनसेलसँग जोडिएको व्यक्ति समितिमा जोडिनु शंकाको विषय हो। कानुनमा लुपहोल रोक्न सक्छौँ ?  भूतप्रभावी कारोबारलाई रोक्न सक्छौँ कि सक्दैनौँ ?’ 

उनले एनसेलको छानबिनका सम्बन्ध प्रधानमन्त्रीको दह्रो प्रतिबद्धता आवश्यक रहेको औँल्याउँदै उनले भने, ‘तातेको वेलामा समिति बनाउने, सेलाएको वेलामा प्रतिवेदन सार्वजनिक गर्ने, त्यो प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति छ। राज्यका निकायहरू निकम्मा भएर समिति बनाएको हो ?’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने, तर त्यसपछिका प्रक्रियाहरूमा समस्या हुने देखिएको बताए। 

सुझावित समाचार