धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। भोजपुरबाट धनकुटा जाने क्रममा उनीमाथि हातपात भएको हो। 

धनकुटाको महालक्ष्मी नगरपालिका- ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेकाे बताइएकाे छ। 

ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट आएका राईले ओलीनजिकै पुगेर मुक्का प्रहारकाे प्रयास गरेकाे सामाजिक सञ्जालमा आएकाे भिडियाेमा देख्न सकिन्छ। एक मुक्का प्रहारकाे प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्। 

सुझावित समाचार