कोप-२८ मा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

कोप-२८ मा ऐतिहासिक जलवायु सम्झौता स्वीकृत भएको घोषणा गरिएकाे छ। 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत भएको बुधबार घोषणा गरेको छ।  

अल जाबेरले भने, ‘यो एक उन्नत, सन्तुलित जलवायु नियन्त्रण कार्यलाई गति दिनको लागि एक ऐतिहासिक दस्ताबेज हो। यो युएई सहमति हो।’ 

यस सम्झौतामा जलवायु परिवर्तनसँग जुध्न अनुकूलन, वित्त, लचिलोपन र जीवाश्म इन्धनलगायत अन्य उपायहरू उल्लेख गरिएको छ। कोप २८ अन्तिम सम्झौताको अघिल्लो मस्यौदामा देखिएको गतिरोधका कारण मंगलबार मध्याह्नको आधिकारिक समापन समयभन्दा बढी लम्ब्याइएको थियो।
 

See More On

सुझावित समाचार